दफा ६२
अनुशासन र आज्ञापालन
(१) कर्मचारीले अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारी र तत्परताको साथ पालन गर्नु पर्नेछ ।
(२) कर्मचारीले व्यवस्थापिका–संसदको काम सम्बन्धी कुरामा आफूभन्दा माथिको अधिकृतले
दिएकोआज्ञालाई शीघ्रताका साथ पूरा गर्नु पर्नेछ ।
(३) कर्मचारीले आफूभन्दा माथिकोकर्मचारीप्रति उचित आदर देखाउनु पर्नेछ र आफू मुनिका
कर्मचारीप्रति उचित व्यवहार गर्नु पर्नेछ ।
(४) विदा नलिई आफ्नो कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई गयल र तलब कट्टी गर्न सकिनेछ । यसरी गयल भएको अवधि सेवा अवधिमा गणना गरिने छैन ।